बलात्कार कसूरमा आठ वर्ष कैद सजाय

  ०७९ चैत २ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा कविलासी नगरपालिका–८ का ३१ वर्षीय सुवोध महरालाई जिल्ला अदालत सर्लाहीले फागुन ३० गते आठ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश श्री कविप्रसाद न्यौपानेको इजलासले आरोपितलाई आठ वर्ष कैद सजाय र एक लाख रुपियाँ पीडितलाई क्षतिपुर्ति दिने गरी मुद्दाको अन्तिम फैसला गरेको जिल्ला अदालत सर्लाही मलङ्गवाका स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनु भयो ।

पीडित बालिकालाई यादवले २०७८ साउन १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा भादो १६ गते उजुरी दिनु भएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७८ भादो १६ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो ।


बुधन साह