बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले हेलम्बु गाउँपालिका-२ का ४३ वर्षीय रामचन्द्र बिकलाई ०८१ भदौ ३१ गते १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र २० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिलाउने फैसला गरेको छ ।
न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले बलात्कारमा संलग्न व्यक्तिलाई दोषी ठहर गर्दै १८ वर्ष कैदको फैसला गरेको जिल्ला कारागार कार्यालयका निमित्त कार्यालय प्रमुख मानबहादुर बिकले बताउनु भयो ।
पीडितलाई आरोपितले ०८० साउन २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८० साउन २८ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण साउन २८ गते प्राथमिक स्वास्थ्य केन्द मेलम्चीमा गरिएको थियो । बिकलाई जिल्ला अदालतको आदेशले ०८० भदौ १९ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…