बलात्कार कसुर ठहर गर्दै १९ वर्ष कैदको फैसला

  ०७९ चैत १३ गते

१३ वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले मुसिकोटका नगरपालिका –१ का १९ वर्षीय जितेन्द्र विकलाइचैत १० गते  १९ वर्ष कैद र ७ लाख रूपियाँ  क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश बसन्तराज पौडेलको इजलासले कैदको साथै क्षतिपूर्ति भराउने फैसला गरेको  जिल्ला अदालतका तहसिलदार रामबहादुर कुवंरले जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले ०७९ मङ्सिर २२ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले  मङ्सिर २४ गते प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले मङ्सिर २२ गते आरोपितलाई गिरफ्तार गरेर अनुसन्धान पछि ०७९ पुस १७ गते अदालत पेश गरेको थियो ।

पीडितको  स्वास्थ्य परीक्षण मङ्सिर २४ गते गुल्मी अस्पताल तम्घासमा गरिएको थियो ।


टोपलाल अर्याल