बलात्कार कसुर ठहर गर्दै १३ वर्ष कैदको फैसला
१९ वर्षीया युवतीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले घटनामा सङ्लग्न नौ जनालाई जनही १३ वर्ष कैद र १ लाख रुपियाँ क्षतीपुर्ती भराउने फैसला गरेको छ ।
जिल्ला न्यायधीश अशोककुमार बस्न्यातको इजलाशले समूहिक बलात्कार घटनामा सङ्लग्न सुस्ता गाउँपालिका– ३, फेनरहवाका २२ वर्षीय सुरेन्द्र यादव, २१ वर्षीय मनमोहन राजभर, २७ वर्षीय शिवप्रसाद राजभर , ३१ वर्षीय झिमलाल मुसहर , ३५ वर्षीय नेत्रबहादुर चौधरी, २६ वर्षीय सन्दिपप्रसाद यादव, ३३ वर्षीय पिन्टु राजभर र २० वर्षीय अम्मरनाथ भेडियार रहेका छन् ।
आरोपित मध्येका २८ वर्षीय सागर चौधरी भने फरार रहेको जिल्ला अदालतका श्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताउनु भएको छ ।
पीडितलाई आरोपितहरूले ०७६ भदौ २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २३ गते इलाका प्रहरी कार्यालयमा बेलाटारीमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितहरूलाई भदौ २४ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २२ गते पृथ्वी चन्द्र अस्पताल गरिएको थियो ।
नारायण पराजुली
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…