बलात्कार कसुर ठहर गर्दै सर्वस्वसहित जन्म कैदको फैसला

  ०७६ पुस २८ गते

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले ६५ वर्षीय हजुरबुवालाई पुस २७ गते सर्वस्व सहित जन्मकैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपानेको इजलासले आरोपितको बयान र प्रमाणका आधारमा  उक्त फैसला गरेको  जिल्ला अदालतका नासु टेकराज गैरेले बताउनु भयो ।

आरोपितले  ०७६ फागुन २ गते बलात्कार गरेको भन्दै  पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई फागुन ३ गते गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २ गते जिल्ला अस्पताल, अर्घाखाँचीमा गरिएको थियो ।


नारायण भुसाल