बलात्कार कसुर ठहर गर्दै नौ वर्ष कैदको फैसला

  ०७९ साउन १० गते

३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले साउन ९ गते सुनवल नगरपालिका११ का  २१ वर्षीय विक्रम श्रेष्ठलाई नौ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश धु्रबकुमार शाहको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार प्रेमप्रकास पौडेलले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७७ चैत १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई चैत ११ गते गिरफ्तार गरी अनुसन्धान पछी ०७८ वैशाख ५ गते जबरजस्ती करणी अभियोगमा जिल्ला अदालतमा दर्ता गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०७७ चैत १० गते जिल्ला अस्पताल परासीमा गरिएको थियो ।


नारायण पराजुली