बलात्कार कसुर ठहर गर्दै नौ वर्ष कैदको फैसला

  ०७६ माघ १४ गते

२४ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ १२ गते  सन्धिखर्क नपा–१० का ४७ वर्षीय गिरबहादुर खड्कालाई नौ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपानेको इजलासले प्रमाण र बयानका आधारमा उक्त फैसला गरेको जिल्ला अदालतका नासु टेकराज गैरेले बताउनु भयो ।

पीडितलाई ०७६ साउन २७ गते आरोपितले  बलात्कार गरेको भन्दै पीडित पक्षले  साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।  प्रहरीले आरोपितलाई साउन २८ गते गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २८ गते जिल्ला अस्पताल, सन्धिखर्कमा गरिएको थियो ।


नारायण भुसाल