बलात्कार कसुर ठहर गर्दै जन्म कैदको फैसला
दुई वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले पुस २८ गते सितगङ्गा नपा–१२ का ६० वर्षीय टेकबहादुर पुनलाई जन्म कैद गर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपानेको इजालासले आरोपितलाई प्रमाण र बयानका आधारमा जन्म कैदको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार गम्भिर घिमिरेले बताउनु भयो ।
पीडितलाई ०७६ असार ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७६ साउन १ गते इलाका प्रहरी कार्यालय ठाडामा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई साउन १ गते गिरफ्तार गरेकोमा जिल्ला अदालतले साउन २४ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७६ साउन १ गते जिल्ला अस्पताल, सन्धिखर्कमा गरिएकोे थियो ।
नारायण भुसाल
सम्बन्धित समाचारहरू
चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका…
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…