बलात्कार कसुर ठहर गर्दै ६ वर्ष आठ महिना कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १५ वर्षीय बालकलाई असोज ५ गते ६ वर्ष आठ महिना कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश श्यामलाल घिमिरेको इजलासले ६ वर्ष ८ महिना कैद र १५ हजार रुपियाँ क्षतिपुर्ती पीडितलाई भराउने गरी फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार बिरेन्द्रप्रकास खडकाले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७७ फागुन १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई फागुन १९ गते घरबाट गिरफ्तार गरी जबरजस्ती करणी अभियोगमा फागुन २८ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतले चैत ४ गते आरोपितलाई पुर्पक्षकालागि भक्तपुर सुधार गृहमा पठाएको थियो । जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दामा आंशिक दावी पुग्ने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार खडकाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १९ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…