बलात्कार कसुर ठहर गर्दै आठ वर्ष कैदको फैसला
२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका – ५ स्याफ्रबेंसीका २८ वर्षीय ग्यालसाङ तामाङलाई आठ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरीको इजलासले चैत १५ गते तामाङलाई आठ वर्ष कैद सजाय, तीन लाख रूपियाँ जरिबाना र ३० हजार रूपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतकी स्रेस्तेदार खेमकुमारी बस्नेतले जानकारी दिनुभयो ।
पीडितलाई कसुरदारले विदुर नपा–१ ढुंगेस्थित एक होटेलमा ०७९ चैत ३० गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०८० वैशाख २ गते उजुरी दिनु भएको थियो ।
घटनाको सूचनाका आधारमा प्रहरीले तामाङलाई चैत ३० गते विदुर नपा–१० बेत्रावतीबाट गिरफ्तार गरेको थियो । नुवाकोट जिल्ला अदालतको वैशाख २७ गते को आदेश अनुसार तामाङ ४० हजार रूपियाँ धरौटीमा तारेखमा रिहा भएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २ गते त्रिशूली अस्पतालमा गरिएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…