बलात्कार कसुरमा ८ वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपुर जिल्लाअदालतले नवलपरासी(बर्दघाट सुस्तापश्चिम) रामग्रामनपा– १२ का १९ वर्षीय अजय भरलाई ८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायधीश यज्ञप्रसाद अचार्यको पुस २८ गतेको इजालासले बलात्कार कसुर ठहर गर्दै भरलाई ८ वर्ष कैद सजायको फैसला सुनाएको जिल्ला अदालतका स्रेस्तेदार महेन्द्र प्रसाद पौड्यालले जानकारी दिनुभयो ।
भरले २०७८ साउन २२ गते पीडित बालिकालाई नवलपरासीपूर्व जिल्लाको विनयीत्रिवेणी गाउँपालिका–६ मा बलात्कार पछि हत्या गरेको भन्दै बालिकाका बुबाले २०७८ साउन २४ गते जिल्लाप्रहरी कार्यालय नवलपरासीपूर्वमा उजुरी दिनु भएको थियो ।
भरलाई हत्या कसुरमा भने जिल्लाअदालतले सफाई दिएको छ ।
साउन २२ गते घटना पछि पीडीत बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि पश्चिम नवलपरासी स्थित शहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता लैजादा अस्पतालले मृत घोषणा गरेको थियो ।
घटनापछि फरार रहेका भरलाई २०७८ कात्तिक २८ गते प्रहरीले घर नजिकैबाट गिरफ्तार गरेकोमा नवलपुर जिल्ला अदालतको कात्तिक २८ गतेको आदेशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
मृतकको पोष्टमार्टम लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा साउन २४ गते भएको थियो ।
तिर्थराज डुम्रे
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…