बलात्कार कसुरमा २३ दिन कैद सजाय फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ककनी गाउँपालिका–२ का ५० वर्षीय सानुकान्छा बलामीलाई जिल्ला अदालत नुवाकोटले ०७९ फागुन १८ गते २३ दिन कैद सजाय हुने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले फागुन १८ गते गरेको अन्तिम फैसलामा अभियोगमा आंशिक दाबी पुग्ने ठहर गर्दै २३ दिन कैद सजाय, २५ हजार रुपैयाँ क्षतिपुर्ति, सात सय रुपैयाँ जरिवाना र दुई सय रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्न आदेश भएको जिल्ला अदालतकी सूचना अधिकारी तथा इजलास अधिकृत रीता लामिछानेले जानकारी दिनुभयो ।
सरकारी वकिलको कार्यालयले बलात्कार कसुर कायम हुनुपर्ने माग दाबी गरेर अदालतमा मुद्धा दर्ता गराएको थियो । तर, अदातलबाट अभियोगलाई बालयौन दुरुपयोगमा परिवर्तन गर्दै फैसला आएको सूचना अधिकारी लामिछानेले जानकारी दिनुभयो ।
बालिकालाई ०७८ मङ्सिर २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले बलामीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २४ गते उजुरी दर्ता गराएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २४ गते त्रिशूली अस्पतालमा गरिएको थियो ।
जिल्ला अदालतले बलामीलाई ०७८ पुस १४ गते ३५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…