बलात्कार कसुरमा १९ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालार्ई बलात्कार गरेकोे अभियोग लागेका स्याङ्जा वालिङ नगरपालिका–१ का २१ वर्षीय कसिद्धलाल चेपाङ्ग लाई १९ वर्ष कैद सजायको फैसला भएको छ ।

न्यायाधीश राधाकृष्ण उपे्रतीकोे वैशाख ३१ गतेको इजलासले अभियोग दावी पुग्ने भन्दै आरोपितलाई कैदसँगै पीडितलाई ६ लाख रुपियाँ क्षतीपूर्तीको फैसला गरेको इजालास अधिकृत कृष्ण प्रसाद मरासिनीले बताउनुभयो ।

पीडित बालिकालाई आरोपितले २०७७ चैत ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७७ चैत ३१ गते वडा प्रहरी कार्यालय वालिडमा उजुरी दिएका थिए ।

आरोपितलाई प्रहरीले ०७७ चैत ३१ गते गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७७ चैत ३१ गते जिल्ला अस्पतालमा भएको थियो ।


राधा कृष्ण शर्मा