बलात्कार कसुरमा १८ वर्ष कैदको फैसला

  ०७८ फागुन २३ गते

२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गदै जिल्ला अदालतले  फागुन २२ गते स्वर्गद्धारी नगरपालिका–१ का २१ वर्षीय सुनिल सुनारलाई १८ वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश श्यामलाल घिमिरेको इजलासले १८ वर्ष ७ दिन कैद, २५ हजार रुपियाँ क्षतिपूर्ति र २ हजार २ सय रुपियाँ  पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका अधिकृत तुलबहादुर गुरुङ्गले बताउनु भयो ।

पीडितलाई आरापितले ०७८ वैशाख १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरी आरोपितलाई वैशाख १५ गते गिरफ्तार गर गरी वैशाख २३ गते जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १५ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो ।


रविन्द्र पाण्डे