बलात्कार कसुरमा १८ वर्ष कैद सजायको फैसला

  ०८० माघ २९ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा म्याग्दे गाउँपालिका– ७ का २१ वर्षीय विशाल विकलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश कमलराज विष्टको ०८० माघ २८ गतेको इजलासले अभियोग दावी पुग्ने भन्दै कैदसँगै १ लाख रुपियाँ जरिबाना सजायको फैसला गरेको अदालतका श्रेष्तेदार केशव पौडेलले जानकारी दिनुभयो ।

पीडित बालिकालाई ०७८ भदौ २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २४ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका थिए । प्रहरीले आरोपित थापालाई भदौ २५ गते गिरफ्तार गरि जिल्ला सरकारी वकिल कार्यालय मार्फत ०७८ असोज १३ गते जिल्ला अदालत तनहुँमा बलात्कार कसुर शिर्षकमा मुद्दा दर्ता गराएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २४ गते दमौली अस्पताल दमौलीमा गरिएको थियो ।


प्रकाशचन्द्र भट्टराई