बलात्कार कसुरमा १८ वर्ष कैद सजायको फैसला

  ०८० माघ २६ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा गलकोट नगरपालिका– ८ का २१ वर्षीय विपिन थापालाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश रमेशकान्त अधिकारीको ०८० माघ २५ गतेको इजलासले अभियोग दावी पुग्ने भन्दै कैदसँगै ७ लाख रुपियाँ जरिबाना र २५ हजार रुपियाँ क्षतीपुर्ती सजायको फैसला गरेको अदालतका श्रेष्तेदार शिवहरि सुवेदीले जानकारी दिनुभयो ।

पीडित बालिकालाई ०७९ फागुन २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । प्रहरीले आरोपित थापालाई फागुन २८ गते गिरफ्तार गरि ०७९ चैत १६ गते जिल्ला अदालत बागलुङमा बलात्कार कसुर शिर्षकमा मुद्दा दर्ता गराएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण  फागुन २५ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको थियो ।


सिर्जना पन्त