बलात्कार कसुरमा १४ वर्ष कैद सजाय फैसला
१७ वर्षीय बालिका बलात्कार गरेको कसुरमा ३६ वर्षीय काकालाई जिल्ला अदालतले १४ वर्ष कैद गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले ०८० फागुन १६ गते कसुर कायम गरेकोमा फागुन ३० गते १४ वर्ष कैद गरी कसुरदारलाई ५ लाख ६० हजार जरिवाना गर्ने सजाय निर्धारण गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।
जिल्ला अदालतले गरेको फैसलामा पीडितलाई कसुरदारबाट असुल उपर गरी ५ लाख रुपियाँ क्षतिपूर्ति दिन आदेश समेत फैसलामा उल्लेख छ ।
संरक्षक रहेका काकाले भतिजिलाई पटक पटक बलात्कार गरेको र पछिल्लो पटक ०८० साउन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा पीडितका काकालाई साउन १३ गते गिरफ्तार गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत् ०८० भदौ ६ गते जिल्ला अदालतमा जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतको सोही दिनको आदेशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–८, बस्ने २८ वर्षीय वीरबहादुर केसीलाई गिरफ्तार गरेको छ । पीडित बालकलाई ०८१ माघ ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीय युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गैँडाकोट नगरपालिका–२ का २९ वर्षीय आशिष गुरुङलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको ०८१ माघ ९ गतेको…