बलात्कार कसुरमा १२ वर्ष ६ महिना कैदको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले वैशाख ६ गते १६ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको इजलासले कसुर ठहर गर्दै १२ वर्ष ६ महिना कैद सजाय र ३ लाख ९६ हजार रूपियाँ जरिबानाको फैसला गरेको स्रेस्तेदार खेमकुमारी बस्नेतले जानकारी दिनुभयो ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ को ‘क’ मा १० वर्षभन्दा कम उमेरको बालिकालाई बलात्कार गरेमा जन्मकैदको सजाय हुने व्यवस्था रहेको छ । नेपालको कानुन अनुसार जन्मकैद भनेको २५ वर्ष कैद सजाय हो । घटना भएको बखत कसुरदारको उमेर १६ वर्षमात्र रहेकोले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३६ को उपदफा ३ मा १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा मुनीको बालबालिकाले कुनै पनि कसुरजन्य कार्य गरेमा निज बालबालिकालाई उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधामात्र सजाय हुने व्यवस्था बमोजिम १२ वर्ष ६ महिना कैद सजायको फैसला आएको अधिवक्ता गरिमा पाण्डेले बताउनु भयो ।
बालिकालाई कसुरदारले बालिकालाई ०७९ असार २७ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकीे आमाले जिल्ला प्रहरी कार्यालयमा असार २९ गते उजुरी दिनु भएको थियो । पीडितको स्वास्थ्य परीक्षण असार २९ गते नै त्रिशूली अस्पतालमा गरिएको थियो । नुवाकोट जिल्ला अदालतले आरोपितलाई ०७९ साउन १७ गते पुर्पक्षको लागि बालसुधार गृह, बाँकेमा पठाएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…