बलात्कार कसुरमा १२ वर्ष ६ महिना कैदको फैसला
७२ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गदै जिल्ला अदालतले जेठ २३ गते प्यूठान नगरपालिका– ३ का ५२ वर्षीय हुकुमबहादुर खडकालाई १२ वर्ष ६ महिना कैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले १२ वर्ष ६ महिना कैद, ३ लाख रूपियाँ पीडितलाई भराउने र २५ हजार रूपियाँ क्षतिपुर्तीका साथै २ हजार २ सय रूपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका अधिकृत तुलबहादुर गुरुङ्गले बताउनु भयो ।
पीडितलाई आरापितले ०७८ फागुन ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई फागुन ७ गते घरबाट गिरफ्तार गरी जबरजस्ती करणीको अभियोगमा फागुन ८ गते जिल्ला अदालतमा मुद्दा पेश गरेकामा सोही दिन जिल्ला अदालतले पुर्पक्षकालागि कारागार पठाएको थियो ।
जिल्ला अदालतले जेठ २३ गते जवरजस्ती करणीको मुद्दा आंशिक अभियोग दावी पुग्ने फैसला गरेको जिल्ला अदालतका अधिकृत तुलबहादुर गुरुङ्गले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण ०७८ फागुन ७ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…
बलात्कार अभियोगीलाई १८ वर्ष कैद
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारका २२ वर्षीय ट्रक चालक रंगिला तथा लडुलाल भनिने विसुनदेव मण्डललाई ०७९ माघ १८ गते १८ वर्ष कैद सजाय भएको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा अदानचुली गाँउपालिका–३ घर भई हाल सूर्यबिनायक नगरपालिका–९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियारलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुरको जगातीबाट गिरफ्तार गरेको छ ।…
बालविवाह गरेको कसुरमा ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकासँग ०७९ असार १७ गते बालविवाह गरेको कसुरमा माडी नगरपालिका-२ का १७ वर्षीय बालकलाई जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले माघ १७ गते ६ महिना कैद हुने…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई ०७९ माघ १८ गते बलात्कार गरेको आरोपमा मुगु सोरु गाँउपालिका घर भई हाल सूर्यबिनायक नगरपालिका–९ पलासे बस्ने २१ वर्षीय भक्त नेपालीलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुर बाँसघारीबाट गिरफ्तार गरेको…