बलात्कार कसुरमा १२ वर्ष कैद सजाय

  ०८१ माघ २६ गते

१२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४२ वर्षीय बुबालाई ०८१ माघ २४ गते जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत रौतहटका न्यायाधीश शम्भु रेग्मिको इजलासले कसुर ठहर गर्दै १२ वर्ष कैद सजाय र ५ लाख रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको श्रेस्तेदार उद्धब ढोडारीले बताउनुभयो ।

पीडितलाई ०८१ वैशाख १४ गते आरोपित बुबाले बलात्कार गरेको भन्दै पीडितकी आमाले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दिनुभएको थियो ।

आरोपितलाई वैशाख २२ गते गिरफ्तार गरी सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गराइ थप अनुसन्धान पछि जेठ १६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

पीडित बालिकाको स्वास्थ्या परिक्षण वैशाख २२ गते प्रादेशिक अस्पताल गौरमा भएको थियो ।


गौरी न्यौपाने