बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

  ०८१ असार ११ गते

२७ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै ३० वर्षीय आफन्तलाई ०८१ असार १० गते जिल्ला अदालतले १२ वर्ष कैद र २ लाख ५० हजार जरिवानाको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधीश भगवती शर्मा ढुङ्गानाको इजलाशले बलात्कार घटनामा संलग्न व्यक्तिलाई दोषी ठहर गर्दै १२ वर्ष कैदको फैसला गरेको जिल्ला बार इकाइका अध्यक्ष भूपेन्द्रबहादुर थिङले बताउनुभयो ।

आफ्नै घरमा बसेको अवस्थामा पीडितलाई डाकेर पीडकले आफ्नैघरमा लगि मादकपर्दाथ सेवान गराई ०७९ चैत २२ गते बलात्कार गरेको भन्दै पीडितको तर्फबाट पीडितका बावुले ०७९ चैत २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परिक्षण ०७९ चैत २३ गते चौतारा अस्पतालमा भएको थियो । पीडित र पीडक दाजुभाइका छोरा छोरी भएकाले दाजु बहिनी नाता सम्बन्धका व्यक्तिहरू हुन् ।


नातिबावु धिताल