बलात्कार कसुरमा १२ वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१ घर भइ घरपझोङ गाउँपालिका–५ बस्ने २२ वर्षीय अमित पुनलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला सुनाएको छ ।
न्यायाधीश ईश्वर पराजुलीको मङ्सिर १२ गतेको इजालसले पुनलाई १२ वर्ष कैद र ४ लाख रुपियाँ जरिबाना तिराउने फैसला सुनाएको हो ।
गत कात्तिक १४ गते कसुर ठहर भई सजाय निर्धारणका लागि पेश भएकोमा न्यायाधीश पराजुलीले उक्त फैसला सुनाउनु भएको जिल्ला अदालत मुस्ताङका श्रेस्तेदार मुकुन्द आचार्यले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७८ साउन १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध ०७८ साउन १५ गते जिल्ला प्रहरी कार्यालय मुस्ताङमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङको प्रहरीले आरोपितलाई सोही दिन थासाङ गाउँपालिका–४ घाँसाबाट गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले ०७८ भदौ ४ गते जिल्ला अदालत मुस्ताङमा अभियोगपत्र दर्ता गराएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १५ गते जोमसोम अस्पतालमा गरिएको थियो ।
अमृतप्रसाद पौडेल
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…