बलात्कार कसुरमा १२ वर्ष कैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कुसरमा घरपझोङ गाउँपालिका–२ का २० वर्षीय सौगात गोतामे भन्ने सौगात घतानेलाई जिल्ला अदालत मुस्ताङले १२ वर्ष कैद र ४ लाख रुपियाँ जरिबानाको फैसला गरेको छ ।
न्यायाधीश ईश्वर पराजुलीको मङ्सिर १२ गतेको इजालसले आरोपित घतानेविरूद्ध सो पैmसला गरेको हो ।
गत कात्तिक १४ गते कसुर ठहर भई सजाय निर्धारणका लागि पेश भएकोमा न्यायाधीश पराजुलीले उक्त फैसला सुनाउनु भएको जिल्ला अदालत मुस्ताङका श्रेस्तेदार मुकुन्द आचार्यले बताउनु भयो ।
पीडित बालिकालाई गोतामेले ०७८ साउन १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध ०७८ साउन १५ गते जिल्ला प्रहरी कार्यालय मुस्ताङमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई सोही दिन घरपझोङ गाउँपालिका–२ मार्फाबाट गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले ०७८ भदौ ४ गते जिल्ला अदालत मुस्ताङमा अभियोगपत्र दर्ता गराएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १५ गते जोमसोम अस्पतालमा गरिएको थियो ।
अमृतप्रसाद पौडेल
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…