बलात्कार कसुरमा १२ वर्ष कैदको फैसला

  ०७९ मङ्सिर २९ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले गुल्मीको मुसिकोट नगरपालिका – २ घर भएका २५ वर्षीय सुर्य खातीलाई १२ वर्ष कैद र ४ लाख रुपैयाँ जरिबाना सजायको फैसला सुनाएको छ ।

न्यायाधीश डा. दिवाकर भट्टको मङ्सिर २९ गतेको इजलासले कसुर ठहर गर्दै कैद र जरिवानासँगै ३० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले बताउनुभयो ।

२०७८ वैशाख १ गते बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख ३ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । प्रहरीले आरोपित खातीलाई वैशाख ३ गते गिरफ्तार  गरेको थियो ।

वैशाख २४ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेकोमा अदालतको जेठ २ गतेको आदेशले आरोपित खाती हाल सम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षको लागि थुनामा रहेको बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले बताउनुभयो ।


सिर्जना पन्त