बलात्कार कसुरमा १० वर्ष कैद सजायको फैसला

  ०८० जेठ २६ गते

१३ वर्षीया बालिकालार्ई सामुहिक बलात्कार गरेकोे अभियोग लागेका भिरकोट नगरपालिका–१ का १३ र १४ वर्षीय बालकहरूलाई १० वर्ष कैद सजायको फैसला भएको छ ।

न्यायधिश राधाकृष्ण उप्रेतीकाे जेठ २४ गतेको इजलासले अभियोग दाबी पुग्ने भन्दै आरोपितलाई कैदसँगै पीडित पक्षलाई ३ लाख ३ हजार रुपियाँ क्षतीपूर्तीको फैसला गरेको इजलास अधिकृत कृष्णप्रसाद मरासिनीले बताउनुभयो ।

पीडित बालिकालाई आरोपितहरुले २०७८ भदौ १४ गते सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १४ गते नै वडा प्रहरी कार्यालय भिरकोटमा उजुरी दिएका थिए ।

आरोपितहरुलाई प्रहरीले भदौ १५गते गिरफ्तार गरि जिल्ला सरकारी वकिल कार्यालय मार्फत् भदौ २५ गते बलात्कारको मुद्दा जिल्ला अदालतमा दर्ता गरि आरोपित बालकहरूलाई भदौ ३० गते देखी पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ भदौ १४ गते जिल्ला अस्पतालमा गरिएको थियो ।


राधाकृष्ण शर्मा