बलात्कार कसुरमा १० वर्ष कैदको फैसला

  ०८१ वैशाख ११

१७ वर्षीया बालिकालाई  बलात्कार गरेको कसूर ठहर गर्दै जिल्ला अदालतले गल्छी गाउँपालिका–४ का २४ वर्षीय शिवराम भारती भनिने शिवराम सन्यासीलाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश  गोपालप्रसाद वास्तोलाको इजलासले वैशाख ९ गते कसुरदारलाइ १० वर्ष कैद  ५ लाख रुपियाँ जरिबना गर्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार माधव भण्डारीले बताउनु भयो ।

पीडितलाई  आरोपितले अन्तिम पटक ०८० असार ९ गते बलात्कार गरेको भन्दे पीडित पक्षले असार १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले  आरोपितलाई असार १० गते  गिरफ्तार गरेको थियो ।

 पीडितको स्वास्थ्य परीक्षण असार १० गते धादिङ अस्पतालमा गरिएको थियो ।


सीताराम अधिकारी