बलात्कार कसुरमा सात वर्ष कैदको फैसला

  ०७७ पुस २७ गते

३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  पुस २६ गते झिमरुक गाँउपालिका – ५ का २८ वर्षीय चन्द्रबहादुर जिसीलाई सात वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश श्यामलाल घिमिरेको इजलासले सात वर्ष कैद र २५ हजार क्षतिपूर्तिको  फैसला गरेको जिल्ला अदालतका अधिकृत तुलबहादुर गुरुङले बताउनु भयो ।

पीडितलाई आरोपितले  आरोपितले ०७६ मङ्सिर ३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए  । प्रहरीले आरोपितलाई  मङ्सिर ४ गते घरबाट गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण  मङ्सिर ४ गते जिल्ला अस्पताल बिजुवारमा  गरिएको थियो ।


रविन्द्र पाण्डे