बलात्कार कसुरमा साढे नौ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बन्दिपुर गाउँपालिका– ५ कल्चोकका २२ वर्षीय बिनोद विकलाई साढे नौ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायधिश कोमल प्रसाद आचार्यको जेठ ४ गतेको इजलासले कैद साथै पीडितलाई २५ हजार रुपियाँ क्षतीपूर्ती भराउने फैसला भएको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनु भयो ।
बालिकालाई विकले २०७७ असार २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय डुम्रेमा उजुरी दिएका थिए ।
प्रहरीले विकलाई २०७७ असार २४ गते गिरफ्तार गरेको थियो । बालिकाको स्वास्थ्य परीक्षण २०७७ असार २१ गते दमौली अस्पतालमा भएको थियो ।
जिल्ला अदालतको आदेशमा आरोपित २०७७ साउन १३ गते देखी पुर्पक्षकोलागि जिल्ला कारागारमा थुनामा राखिएको थियो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…