बलात्कार कसुरमा नौ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चक्रघटा गाउँपालिका–६ का ३२ वर्षीय विनोद मुखियालाई जिल्ला अदालत सर्लाहीले असार २० गते नौ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश टेकनाथ गौतमको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै नौ वर्ष कैद र १ लाख २५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिने गरी फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनु भयो ।

पीडित बालिकालाई मुखियाले ०७८ माघ २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन २ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७७ फागुन २ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो । घटनामा संलग्न कसुरदार ‘फारर’ नै रहेको प्रहरीले जनाएको छ ।


बुधन साह