बलात्कार कसुरमा दुई वर्ष कैदको फैसला

३८ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १६ वर्षीय बालकलाई दुई वर्ष चार महिना कैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश बसन्तराज पौडेलको ०८० असार ४ गतेको इजलासले कसुर ठहर गर्दै उक्त फैसला गरेको जिल्ला अदालतका तहसिलदार रामबहादुर कुवंरले जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले ०७९ साउन २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई साउन २१ गते गिरफ्तार गरी भदौ १० गते जिल्ला अदालतमा पेश गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण गुल्मी अस्पताल तम्घासमा ०७९ साउन २१ गते गरिएको थियो ।


टोपलाल अर्याल