बलात्कार कसुरमा दुई वर्ष पाँच महिना कैदको सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तादी गाउँपालिका–३ का १९ वर्षीय नवराज विकलाई जिल्ला अदालत नुवाकोटले दुई वर्ष पाँच महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले पुस १३ गते उक्त फैसला सुनाएको हो । फैसलामा रु.२५ हजार जरिवाना र पीडित राहत कोषका रु. १ हजार जम्मा गरिदिने समेत उल्लेख भएको जिल्ला अदालतका सूचना अधिकारी रीता लामिछानेले जानकारी दिनुभयो ।
बलात्कार आरोपमा मुद्दा दर्ता भए पनि अदालतले बालयौन दुर्व्यवहारमा परिणत गराएकोले कम सजायको फैसला भएको सूचना अधिकारी लामिछानेले बताउनुभयो ।
कसुरदार विकले ०७७ जेठ २७ गते बालिकालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा ०७७ असार १७ गते उजुरी दर्ता भएको थियो ।
पीडितको असार १७ गते नै त्रिशूली अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो । जिल्ला अदालतले कसुरदार विकलाई ०७७ साउन १२ गते पुर्पक्षको लागि थुनामा पठाएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…