बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

  ०८० जेठ २३ गते

३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ ।

न्यायाधिश दिवाकर भट्टको जेठ २२ गतेको आदेशले आंशिक अभियोग दाबी पुगेको भन्दै कैदसँगै १ लाख जरिबाना र २० हजार रुपियाँ क्षतीपूर्तीको फैसला गरेको श्रेष्तेदार सुर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

शारीरिक रुपमा अपाङ्गता भएकी महिलालाई ०७९ जेठ २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७९ असार १४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले आरोपितलाई जिल्ला काराकार बागलुङमा पुर्पक्षको लागि थुनामा राखिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार १४ गते जिल्ला अस्पतालमा गरिएको थियो ।


सिर्जना पन्त