बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ ।
न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने ठहर गर्दै आरोपितलाई जन्मकैदको फैसला सुनाएको हो । मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाउन नमिल्ने जिल्ला श्रेस्तेदार मीनबहादुर कुंवरले जानकारी दिनु भयो ।
०७७ असार १५ गते र साउन ४ गते ९ वर्षीया, ११ वर्षीया र १२ वर्षीया तिनजना बालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई प्रहरीले ०७७ कार्तिक २ गते गिरफ्तार गरेर जिल्ला कारागारमा थुनामा राखेको थियो । सोही आरोपमा थुनामा रहेका १७ बर्षिय किशोरलाई भने अदालतले सफाई दिएको छ ।
आरोपित माथि तिन वटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएकोमा बाँकी दुई ओटा मुद्दामा कसुर ठहर भएपनि सजाय निर्धारण हुन भने बाँकी रहेको श्रेस्तेदार कुँवरले जानकारी दिनुभयो । पीडितहरूको स्वास्थ्य परीक्षण ०७७ कात्तिक २ गते दमौली अस्पतालमा गरिएको थियो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…