बलात्कार कसुरमा जन्मकैद सजायको फैसला

  ०८० असार ७ गते

४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बेनी नगरपालिका–४ का २२ वर्षीय सन्देश छिनाललाई जन्मकैदको फैसला भएको छ ।

न्यायधीश आनन्दप्रसाद श्रेष्ठको ०८० असार ५ गतेको इजलासले कसुर ठहर गर्दै कैदसंगै ६ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ पीडित राहत कोषमा रहने गरी क्षतिपुर्तीको सजाय सुनाएको श्रेष्तेदार राजु ढुंगानाले जानकारी दिनुभयो ।

पीडित बालिकालाई आरोपितले २०७९ वैशाख ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साेही दिन वैशाख ८ गते उजुरी दिएपछि ०७९ वैशाख २३ गते मुद्दा दर्ता भएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७९ वैशाख ८ गते म्याग्दी अस्पताल बेनीमा गरिएको थियो ।


सन्तोष थापा