बलात्कार कसुरमा एक वर्ष ६ महिना कैद सजाय फैसला
८ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा विदुर नगरपालिका–१० बस्ने ६७ वर्षीय यदुनाथ नेपाललाई जिल्ला अदालत नुवाकोटले ०७९ फागुन १६ गते एक वर्ष ७ महिना कैद सजाय हुने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले फागुन १६ गते अन्तिम फैसलामा अभियोगमा आंशिक दाबी पुग्ने ठहर गर्दै एक वर्ष ६ महिना कैद सजाय, १५ हजार रुपैयाँ जरिवाना, २५ हजार रुपैयाँ पीडितलाई क्षतिपुर्ति भराउन र ६ सय रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्न आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी तथा इजलास अधिकृत रीता लामिछानेले जानकारी दिनुभयो ।
सरकारी वकिलको कार्यालयले बलात्कार कसुर कायम हुनुपर्ने माग दाबी गरेपनि अदातलबाट अभियोगलाई बालयौन दुरुपयोगमा परिवर्तन गर्दै फैसला आएको सूचना अधिकारी लामिछानेले जानकारी दिनुभयो ।
बालिकालाई ०७८ असार १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले नेपालविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार २४ गते उजुरी दर्ता गराएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २४ गते त्रिशूली अस्पतालमा गरिएको थियो ।
जिल्ला अदालतले नेपाललाई ०७८ साउन १० गते पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…