बलात्कार कसुरमा एक वर्ष तीन महिना कैद सजायको फैसला
१५ वर्षिया बालिका बलात्कार कसुरमा विदुर नगरपालिका–४ का २१ वर्षीय मोहन असरपतीलाई एक वर्ष तीन महिना कैदको सजाय फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले पुस २२ गते आरोपितलाई आंशिक कसुरदार ठहर गर्दै एक वर्ष तीन महिना कैद फैसला, पीडितलाई ४० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र १५ हजार रुपैयाँ जरिवाना गराउन समेत फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी रीता लामिछानेले जानकारी दिनुभयो ।
१५ वर्षीया बालिकालाई ०७७ वैशाख २४ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७७ वैशाख २६ गते उजुरी दिएकी थिइन् ।
जिल्ला अदालतले आरोपितलाई ०७७ जेठ १९ गते पुर्पक्षको लागि थुनामा पठाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७७ वैशाख २६ गते त्रिशूली अस्पतालमा भएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…