बलात्कार कसुरमा एक वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका– ३ देउरालीका ७१ वर्षीय नैनाबहादुर दमाइलाई १ वर्ष कैद सजायको फैसला गरिएको छ ।

न्यायाधीश विद्यानाथ पौडेलको ०८० चैत २५ गतेको इजलासले कसुर ठहर गरी एक वर्ष कैद सजाय, १० हजार जरिबाना र १ लाख क्षतिपुर्तिको फैसला गरेको जिल्ला अदालत, पर्वतका श्रेष्तेदार राजु ढुंगानाले बताउनु भयो ।

पीडित बालिकालाई २०८० असोज ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले २०८० असोज २३ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए ।

आरोपितलाई जिल्ला अदालतको २०८० असोज २५ गतेको आदेशले पुर्पक्षका लागि कारागार पठाइएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०८० असोज २३ गते पर्वत अस्पतालमा गरिएको थियो ।


सन्तोष थापा