बलात्कार कसुरमा १८ वर्ष कैद
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारका २२ वर्षीय ट्रक चालक रंगिला तथा लडुलाल भनिने विसुनदेव मण्डललाई ०७९ माघ १८ गते १८ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलाशबाट आरोपितलाई १८ वर्ष कैदका साथै आरोपितले पीडितलाई एक लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने र २ हजार २ सय रुपियाँ फौजदारी कसूर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको छ ।
आरोपितले २०७९ वैशाख ४ गते हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी व्यारेजमा ट्रकबाट ओरालेर बलात्कार गरेको पीडितले बताउनु भएको छ । पीडितका अनुसार आफन्त परिवारलाई भेंटेर मामाली घर आउने क्रममा राजविराज नगरपालिका–३ स्थित कञ्चनरूप रोडबाट आरोपितले घर पुर्याइ दिने भन्दै ट्रकमा चढाएको र ट्रक रोकी सुनसान ठाउँमा बलात्कार गरे । डरधाक धम्की दिई आरोपितले ३ दिनसम्म सँगै राखेर पटक–पटक बलात्कार गरेको समेत पीडितले बताउनु भयो ।
पीडितले बताएका आधारमा मामाली हजुरआमाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा जेठ १५ गते उजुरी दिनुभएको थियो । पीडितका अनुसार वैशाख ७ गते साँझ घरदेखि पश्चिम खाँडो नदी पुलमा अलपत्र छाडी आरोपित फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा वैशाख ८ गते उजुरी दिएपछि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण भएको थियो । जिल्ला प्रहरी कार्यालयले दुबै पक्षलाई राखी छलफल गराएको र धेरै पछि कारबाहीका लागि कञ्चनरूप प्रहरी कार्यालय पठाएको पीडितका परिवारले बताएका थिए ।
इलाका प्रहरी कार्यालय कञ्चनरूपले जेठ १५ गते मात्र उजुरी दर्ता ग¥यो । आरोपित ०७९ जेठ २२ गते गिरफ्तार भएका थिए । जिल्ला अदालतमा ०७९ असार १३ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको आदेशमा आरोपित असार १४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा नै छन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…