बलात्कारपछि हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
चार वर्षीया बालिकालाई बलात्कारपछि ढुङ्गा प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले भारतको, अररिया जिल्ला स्थायी घर भई कटहरी गाउँपालिकामा बस्दै आएका २४ वर्षीय मुकेश सरदारलाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर ४ गते बलात्कारपछि ढुङ्गा प्रहार गरी हत्या प्रयास गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाका बाबुआमा खेतमा काम गर्न गएको मौका छोपी आरोपितले बालिकालाई घरबाट खोलामा पुर्याएर बलात्कार गरेको अनुसन्धानका क्रममा खुलेको डिएसपी श्रेष्ठले बताउनु भयो ।
खेतबाट घर फर्किएका बाबुआमाले छोरी घर नभएपछि खोजी गरेका थिए । खोजीका क्रममा नजिकैको खोला किनारामा अर्धचेत अवस्थामा छोरी फेला परेको पीडित बालिकाका बाबुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
घाइते बालिकाको उपचार मोरङस्थित एक अस्पतालमा भइरहेको छ ।
अर्जुन दर्जी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)
जेठ ११ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ८९…
तीन बर्षदेखि सम्पर्कमा नआएका बुवाको खोजीमा सहयोग गरिदिन छोरीको अनुरोध
रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन बर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ । डोल्पाको दुनैमा घर प्लास्टर गर्ने कामका…
यौन दुर्व्यवहार घटनाका आरोपितद्वारा आत्महत्या
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् । जेठ १० गते समान किन्न…
रोल्पा कारागारमा कैदीको मृत्यु प्रकरण, मृतक सुर्खेतका शाह नभइ बाँकेका हरिजनको भएको खुलासा
रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७…