बलात्कारपछि हत्या घटनाका तीन जना आरोपित गिरफ्तार
थुलुङदूधकोशी गाउँपालिका–७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ ।
थुलुङदूधकोशी गाउँपालिका–७ लुरूवाका २० वर्षीय युवराज खत्री, ५६ वर्षीय भागिधन राई र ५७ वर्षीय चरण राईलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो । पीडित महिलालाई ०८० जेठ ११ गते बलात्कारपछि हत्या गरेको पीडितहरूले बयान दिएको डिएसपी श्रेष्ठले बताउनु भयो ।
आरोपितमध्येका चरण राईलाई जेठ १२ गते, भागिधन राईलाई जेठ १३ गते र युवराज खत्रीलाई जेठ १४ गते घरबाटै गिरफ्तार गरिएको डिएसपी श्रेष्ठले बताउनु भयो । घटनास्थलमा युवराज राईले चप्पल र कपडा छोडेर भागेपछि सोही आधारमा आरोपितलाई गिरफ्तार गरिएको प्रहरीको भनाइ छ ।
आरोपित तीनै जनाविरूद्ध प्रहरीले जिल्ला अदालतमा जेठ १७ गते बलात्कार र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा जेठ १२ गते गरिएको थियो । पीडित पक्षले सोही दिन शव बुझी थुलुङदूधकोशी गाउँपालिका–७ देउसा तेरादुखोरमा सद्गत गरेको छ ।
अञ्जु कार्की
सम्बन्धित समाचारहरू
घोडाघोडी नगरपालिकाद्वारा दलित र मुक्त कमैयालाई घर हस्तान्तरण
घोडाघोडी नगरपालिकामा मुक्त कमैया र अवासबिहिन दलित गरी १२ परिवारलाई सुरक्षित आवासको लागि ०८१ माघ २८ गते घर हस्तान्तरण गरिएको छ । घोडाघोडी नगरपालिका, हेविट्याट फर ह्युमानिटी नेपाल र राष्ट्रिय…
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…