बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
बागलुङ नगरपालिका–१ माझिबस्ती बस्ने ४० वर्षीया फुलमायाँ माझीलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका–१ का २६ वर्षीय प्रकाश योगीलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ ।
पीडित महिला असोज ३० गते बिहान ज्याला मजदुरी गर्न गएको र राति अबेरसम्म घर नर्फिकएपछि परिवारले खोजी गर्दा सोही दिन बागलुङ नगरपालिका–१ गणेशघुम्तीमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
अत्यधिक मादक पदार्थ सेवन गरेका योगीले आफ्नो कमजोर आर्थिक अवस्थाका कारण सुनका गहना लुट्न र बलात्कार गर्नको लागि माझीको ज्यान लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधि ज्ञवालीले बताउनु भयो ।
शवको पोष्टमार्टम असोज ३१ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको छ ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…