बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम–१२ का १९ वर्षीय अजयराज भरलाई प्रहरीले कात्तिक १ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७८ साउन २२ गते साँझ बलात्कार गरेपछि हत्या गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध साउन २४ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिएका थिए ।
घटनापछि पीडितको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोही दिन उपचारको लागि पश्चिम नवलपरासी स्थित शहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता लग्दा चिकित्सकले मृत घोषण गरेको मृतकका बुबाले बताउनुभयो ।
घटनापछि फरार रहेका आरोपितलाई कात्तिक १ गते गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप गिरीले बताउनुभयो ।
मृतकको पोष्टमार्टम लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा साउन २४ गते भएको थियो ।
तिर्थराज डुम्रे
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…