बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

जनकपुर उपमहानगरपालिका-१ धर्मवान टोलकी १३ वर्षीया विविकाकुमारी साहलाई साउन ३१ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले बहेडा वेला घर भई हाल जनकपुर उपमहानगरपालिका-१ बस्ने ३५ वर्षीय रामचन्द्र महतोलाई सोही दिन घटना स्थलबाटै गिरफ्तार गरेको छ ।

मृतकको घरमा डेरा गरी बसेका महतोले घरमा कोही नभएको समयमा बालिकालाई बलात्कार गरी घाँटी थिचेर हत्या गरेको आरोप छ ।

बालिकाको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको वडा प्रहरी कार्यालय स्टेशनका सई सुरेश ठाकुरले बताए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पीडित परिवारले आज प्रहरीमा उजुरी गर्ने जनाएको छ ।


विनोदकुमार रविदास