बलात्कारपछि हत्या गरेको कसुरमा ६ महिना कैदको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको कसुरमा १२ वर्षीय बालकलाई जिल्ला अदालत दाङले दोषी ठहर गर्दै ६ महिना कैद गर्ने फैसला गरेको छ ।
न्यायाधीश चुरामन खड्काको इजलासले पुस ४ गते बलात्कार गरी हत्या गरेको ठहर गर्दै ६ महिना कैद र बलात्कारको घटना थाहा पाउँदा पनि अभिभावकलाई नभनी दिएको भन्दै मतियारको कसुरमा बालककी ३० वर्षीया आमालाई २० रुपियाँ जरिबाना गर्ने फैसला गरेको हो ।
अदालतले दोषी नाबालक भएकाले ६ महिनासम्म पोखराको सराङकोटस्थित सुधारकेन्द्रमा राख्न आदेश दिएको अदालतले जनाएको छ ।
पीडित बालिकालाई आरोपितले ०७३ कात्तिक १६ गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले आरोपितविरुद्ध सोही दिन अनुसन्धान थालेपनि मृतककी दिदीले बलात्कार गरी हत्या गरेको भन्दै कार्तिक २९ गते किटानी जाहेरी दिएपछि प्रहरीले आरोपित बालक र उनकी आमालाई मङ्सिर १ गते गिरफ्तार गरेको थियो ।
पीडित बालिकाको पोष्टमार्टम राप्ती उपक्षेत्रीय अस्पतालमा कात्तिक १६ गते गरिएको थियो ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…