बलात्कारपछि हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

१८ वर्षीया योरूना पुन (नेहा) को बलात्कारपछि हत्या गरेको कसुरमा जिल्ला अदालत कास्कीले वैशाख १६ गते पोखरालेखनाथ मनपा ९ का २३ वर्षीय किर्तन खड्गी (सतिश)लाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ  ।

 

न्यायाधीश रमानाथ पौडेलको इजलासले किर्तनलाई बलात्कार गरेको कसुरमा ५ वर्ष र कर्तव्य ज्यानको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो ।

 

०७२ माघ १९ गते योरूनाको बलात्कारपछि हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले खड्गीलाई माघ २० गते गिरफ्तार गरी अनुसन्धान गरेको थियो ।

 

खड्गीविरूद्ध ०७२ फागुन १५ गते जिल्ला अदालत कास्कीमा बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता गरी  पुर्पक्षको लागि थुनामा राखिएको जिल्ला अदालत कास्कीका श्रेष्तेदार जगन्नाथ पौडेलले बताए ।


संगीता भाट