बलात्कारपछि हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

छत्रदेव गाउँपालिका-१ की २१ वर्षीया सुमित्रा नेपालीलाई बलात्कारपछि हत्या गरेको ठहर गर्दै सन्धिखर्क नपा-२ का २२ वर्षीय रमेश वादीलाई जिल्ला अदालतले माघ ९ गते सर्वस्वसहित जन्मकैद हुने गरी फैसला गरेको छ ।

न्यायाधीश रामचन्द्र पौडेलको इजालासले घटनाको प्रमाणका आधारमा आरोपितलाई र्सवस्वसहित जन्मकैद हुने गरी फैसला भएको जिल्ला अदालतका नासु टेकराज गैरेले जानकारी दिए ।

पीडितलाई ०७४ जेठ ३१ गते आरोपितले बलात्कार तथा कुटपिट गरी घाइते बनाई खेतमा फालेको अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि पाल्पा पठाएकोमा पीडितको उपचारकै क्रममा असार १ गते पाल्पा अस्पतालमा मृत्यु भएको थियो ।

आरोपितलाई जिल्ला अदालतले ०७४ असार २५ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।


नारायण भुसाल