बलात्कारपछि हत्या गरेको कसुरमा जन्मकैदको फैसला
बरबोटे-४ की ४५ वर्षीया टीकामाया परियारलाई बलात्कार गरी हत्या गरेको कसुरमा बरबोटे-४ का २७ वर्षीय हरि भन्ने हिमाल गुरुङलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
न्यायाधीश नवराज दाहालको इजलासले माघ २५ गते गुरुङविरुद्ध चलेका 'जबरजस्तीकरणी र कर्तव्य ज्यान'सम्बन्धी मुद्दामाथि सुनुवाइ गर्दै जबरजस्तीकरणी महलको ३ (५) बमोजिम सात वर्ष कैद र ज्यानसम्बन्धी महलको १३ (३) अनुसार जन्म कैद हुने फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।
पीडित महिलालाई आरोपितले ०६४ मङ्सिर २० गते बलात्कार गरी हत्या गरेको अदालतले जनाएको छ । घटना लगत्तै फरार रहेका गुरुङलाई ०७३ जेठ ६ गते गिरफ्तार गरी अदालती कारबाही सुरू गरिएको थियो ।
कोकिला ढकाल
सम्बन्धित समाचारहरू
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१० घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ । आरोपितले…
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…