बलात्कारपछि हत्या गरेको कसुरमा आजीवन कैदको फैसला

  ०७९ भदौ ३० गते

शैल्यशिखर नगरपालिका–१ बारिलकी ४५ वर्षीया अनिभा खडायतको बलात्कारपछि आगो लगाएर हत्या गरेको कसुरमा सोही ठाउँका ४२ वर्षीय देवर भोजराज खडायतलाई जिल्ला अदालतले भदौ २९ गते आजीवन कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले भदौ २९ गते खडायतलाई आजीवन कैदको फैसला सुनाएको जिल्ला अदालतका श्रेष्तेदार कौशल ज्ञवालीले बताउनु भयो ।

०७९ जेठ २५ गते एकल महिला समेत रहुन भएकी खडायतलाई बलात्कारपछि आगो लगाएर हत्या गरिएको थियो ।

घटनाका कसुरदार डायतलाई ज्यान मुद्दामा जन्मकैद सुनाइएको छ भने जबरजस्तीकरणीमा सात वर्ष, हाडनाता करणीमा एक वर्ष र डाँका मुद्दामा सात वर्ष गरी थप १० वर्ष कैद सजाय सुनाइएको सहायक जिल्ला न्यायाधिवक्ता लक्ष्मण खनालले बताउनु भयो ।

श्रेस्तेदार ज्ञवालीका अनुसार जबरजस्तीकरणीको कसुरमा अभियुक्तलाई सात वर्ष जेल र २ लाख रुपियाँ जरिवाना तोकिएको छ भने हाडनाता करणीमा एक वर्ष कैद र १० हजार रुपियाँ र मृतकको गहना समेत लुटेका कारण डाँका मुद्दामा सात वर्ष कैद र ७० हजार रुपियाँ जरिवाना तोकिएको छ ।

मृतक एकल महिला रहेकाले उहाँको आश्रित परिवारको भरणपोषणका लागि ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश समेत भएको श्रेष्तेदार ज्ञवालीले बताउनु भयो ।


नरेन्द्रसिह कार्की