बलात्कारपछि हत्याको ठहर गर्दै र्सवस्वसहित जन्मकैदको फैसला

तानसेन नपा-११ लामीडाँडाकी ८ वर्षीया बालिका वर्षा दर्लामीको बलात्कार पछि हत्या गरेको ठहर गर्दै १८ वर्षीय दिपक न्यौपानेलाई जिल्ला अदालत पाल्पाले र्सवस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

कात्तिक ४ गते जिल्ला अदालत पाल्पाका न्यायाधीश डिल्लीरमण तिवारीको इजलासले उक्त फैसला सुनाएको जिल्ला अदालत पाल्पाका स्रेष्तेदार सुवर्ण खनालले जानकारी दिए ।

दिपकले स्थानीय सरस्वती माध्यमिक बिद्यालयमा कक्षा ३ मा अध्ययरत बालिका वर्षा दर्लामीको गत वैशाख ६ गते बलात्कार गरी हत्या गरेका गरेको आरोप लगाइएको थियो ।


यज्ञमूर्ति तिमिल्सिना