बलात्कारपछि गर्भपतन, घटनाका आरोपितविरुद्ध उजुरी

  ०७९ जेठ ३० गते

१६ वर्षीया बालिकालाई तीन महिनादेखि पटक–पटक सामूहिक बलात्कार गरी गर्भपतन गराएको भन्दै पीडित पक्षले प्रसौनी गाँउपालिका–२ का २५ वर्षीय दिपक साह र सोही वडाका २६ वर्षीय श्यामसुन्दर साहविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जेठ २९ गते उजुरी दिएको छ ।

पीडित बालिका गर्भवती भएको थाहा पाएपछि आरोपितहरूले पीडित बालिकालाई जेठ २८ गते बालिकाको घरबाट जबरजस्ती लगेर गर्भपतन गराएको पीडित परिवारको आरोप छ ।

आरोपितले ज्यान मार्ने धम्की दिएकाले पीडित बालिकाले डरत्रासका कारण समयमा नै नभनेको पीडित बालिकाकी आमाले बताइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २९ गते प्रादेशिक अस्पताल कलैयामा गरिएको छ ।

घटनाका आरोपितहरु फरार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले बताउनु भयो ।


भोलानाथ पौडेल